समाज


सुनसरी घटनाका घाइते भेट्न स्वास्थ्यमन्त्री विराटनगरमा

सुनसरी घटनाका घाइते भेट्न स्वास्थ्यमन्त्री विराटनगरमा

नेपालखबर
साउन १२, २०८३ मंगलबार १८:५२, काठमाडौँ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

मंगलबार विराटनगर पुगेकी मन्त्री मेहता विभिन्न अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गरेकी हुन्।

मेहताले नोबेल शिक्षण अस्पताल, विराट नर्सिङ होम र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार उनले उपचारमा कुनै प्रकारको कमी हुन नदिन अस्पताल प्रशासनसँग छलफल गरेकी छन्।

घाइते तथा उनीहरूका परिवारसँग भेटका क्रममा मन्त्री मेहताले सरकार पीडितहरूको उपचार र सुरक्षामा संवेदनशील रहेको बताउँदै आवश्यक सहजीकरण गर्ने बताइन्। गम्भीर घाइतेहरूको उपचारमा मन्त्रालयले प्रत्यक्ष समन्वय गरिरहेको पनि उनले उल्लेख गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad