समाज


फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ९:३५,

धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ। मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी आज बिहान उद्धार गरिएको वडा नं ४ का वडाध्यक्ष राज गुरुङले जानकारी दिए।

‘धार्चेको लाप्राक आएदेखि नै उहाँ बिरामी हुनुभएको रहेछ’, वडाध्यक्ष गुरुङले भने, ‘घटनाका बारेमा सम्बन्धित ट्राभल एजेन्सीलाई जानकारी गरायौँ, आज बिहान हेलिकोप्टर आएपछि उपचार लागि पठाइएको हो।’ पदमार्गका हिँडेकी पर्यटक आकस्मिक बिरामी परेको बिहीबार नै जानकारी पाए पनि मौसम खराबीका कारण आज बिहान मात्र उद्धार गर्न सफल भएको यती माउण्टेन एडभेन्चरका प्रबन्धक श्री गुरुङले जानकारी दिए।

उद्धार गरिएकी म्यारीको काठमाडौँ लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको उनले जानकारी दिए। म्यारी छोरासहित गाइड र पोर्टर लिएर मनास्लु पदमार्ग हुँदै लार्केपासका लागि आएकी थिइन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad