समाज


विप्लव समूहद्वारा मध्यराति नगरपालिकामा बम विस्फोट

विप्लव समूहद्वारा मध्यराति नगरपालिकामा बम विस्फोट

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ४:१५,

नेत्रविक्रम चन्द विप्लव समूहले गए राति अछामको कमलबजार नगरपालिकामा बम विस्फोट गरेको छ।

राति पौने १ बजे नगरपालिका कार्यालयमा विप्लव समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए। तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ।

प्रहरीले विस्फोट गराउने समूहको खोजी भइरहेको जनाएको छ। नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले जानकारी दिए।

यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो। नगरपालिका कार्यालयमै बम विस्फोट भएपछि कर्मचारी त्रसित बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .