समाज


जुम्लामा ९३ हजार वर्गमिटर सरकारी जग्गा मालपोत कर्मचारीका नाममा

जुम्लामा ९३ हजार वर्गमिटर सरकारी जग्गा मालपोत कर्मचारीका नाममा

नेपालखबर
असार २, २०७६ सोमबार १२:२४,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ हजार वर्गमिटर जग्गा आफ्ना नाममा गर्ने मालपोत अधिकृत सहित १६ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगले जुम्लाको गुठीचौरस्थित गुठीचौर भेडा बाख्रा फारमको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा मालपोत कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख गोबिन्द प्रसाद न्यौपानेको योजनामा कर्मचारीका नाममा पास गरेको आरोप सहित बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

आयोगका अनुसार कर्मचारीहरुले नापी कार्यालय र भेडा फारमसँग मिली ९३ हजार वर्ग मिटर क्षेत्रफल रहेको उक्त जग्गा व्यक्तिको नाममा बाँडफाँड गरेका हुन्।

उनीहरुले भूमिसुधार ऐन, २०२१ विपरित सरकारी जग्गा गलत नियतले हदबन्दीभन्दा बढी दर्ता गर्नुका साथै जग्गा बिक्री वितरणसमेत गरी प्राप्त अधिकारको दुरुपयोग गरी सरकारी जग्गा दर्ता गर्ने कार्यमा संलग्न कर्मचारी उपर छानविन गरी भ्रष्टाचारी माथि आवश्यक कार्बाही होस् भन्ने समेत ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा  सरकारी जग्गा हिनामिना गरेको देखिन आएको अख्तियारले जनाएकाे छ।

साबिक गुठीचौर गाविस वडा नं ६ द को साविक कि नं ३ को फिल्डबुकमा उक्त भेडा तथा बाख्रा कार्यक्रमको नाममा जनिएको सरकारी जग्गा लिनेखाने दूषित मनसायले अभिप्रेरित भई द्वन्दकालमा जली नष्ट भएको सक्कल फाइललाई हरिहर न्यौपानेको निवेदनबाट पुन: उजागर गरी गराई एकआपसमा मिलेमतो गरी भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुना कुमार श्रेष्ठलाई अनुचित प्रभावमा पारी उनलाई मालपोत कार्यालय जुम्लामा हाजिर हुन लगाई  हरिहर न्यौपानेसमेतका १५ जना व्यक्तिको नाममा हक हस्तान्तरण गराएकाे भेटिएकाे छ।

साे कार्यमा संलग्न सरकारी कर्मचारीहरु मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख नासु गोबिन्द प्रसाद न्यौपाने, तत्कालीन खरिदार हाल मालपोत कार्यालय चावहिलका नासु बिजय शर्मा न्यौपाने र तत्कालीन भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर जुम्लाका कार्यालय प्रमुख यमुना कुमार श्रेष्ठविरुद्ध आज मुद्दा दायर गरिएकाे छ। 

यस्तै राष्ट्रसेवक सरकारी कर्मचारीहरूसमेतलाई अनुचित प्रभावमा पारी गैरकानूनी तरिकाबाट उक्त जग्गा आ आफ्नो नाममा दर्ता गर्ने कार्यमा प्रत्यक्ष रुपमा संलग्न भएका जग्गा दर्ता गरी लिने हरिहर न्यौपाने, मुनिश चन्द्र न्यौपाने, मायालाल न्यौपाने, बिष्णु न्यौपाने, बिष्णु ऋषि न्यौपाने, बिष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नव ऋषि न्यौपाने, धन प्रसाद न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, जानकी दत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेविरुद्ध पनि विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएकाे छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad