समाज


६ जना सबार बोलेराे मध्यराति अरुण नदीको भेलमा बेपत्ता

६ जना सबार बोलेराे मध्यराति अरुण नदीको भेलमा बेपत्ता

नेपालखबर
असोज १, २०७६ बुधबार १:१६,

संखुवासभाको अरूण नदीमा बोलेरो खस्दा ६ जना बेपत्ता भएका छन्।

सदरमुकाम खाँदबारीबाट बिरामी लिएर धरानतर्फ आउँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गएराति साढे १० बजे धर्मदेवी नगरपालिका-८ स्थित अक्करको भिरबाट अरुण नदीमा खसेको हो।

चालक सन्तोष विक,  खाँदबारी–९ का संगम श्रेष्ठ, उनकी पत्नी सदीक्षा श्रेष्ठ, श्रेष्ठद्वयका दुई महिने छोरा समिर श्रेष्ठ, प्रमेश थापा मगर र उनकी भाउजु कल्पना थापा मगर बेपत्ता भएका हुन्।

बोलेरो सबार सबै ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मीमबहादुर लामाले जानकारी दिए।

‘वर्षाले अरुणमा ठूलो बाढी आएको छ। बोलेरो नदीमा बेपत्ता छ,’ डिएसपी लामाले नेपालखबरसँग भने, ‘खसेको ठाउँबाट नदीमा गाडी देखिएको छैन। रातिदेखि नै घटनास्थलमा प्रहरी टोली परिचालित छ।’

उनले प्रमुख जिल्ला अधिकारीसहितको प्रहरी र सशस्त्रको टोली बिहानै घटनास्थलतिर लागेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad