चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख सोङ थाओ आइतबार नेपाल आउँदै छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपूर्व चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणले निरन्तरता पाएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेको दुई हप्ताभित्रै सोङ हुन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखस सोङको नेपाल भ्रमणलाई चिनियाँ विज्ञहरूले दुई मुलुकको सम्बन्ध सुदृढीकरणको अर्को सूचकका रूपमा हेरेका छन्।
सोङ थाइल्यान्डबाट इन्डोनेसिया हुँदै नेपाल आउने कार्यक्रम छ। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ। उनी दुई दिन नेपाल बस्ने कार्यक्रम छ।

प्रतिक्रिया