ad ad

समाज


भारतीय पर्यटक चढेको बस दुर्घटना हुँदा २७ घाइते

भारतीय पर्यटक चढेको बस दुर्घटना हुँदा २७ घाइते

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ३:२०,

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन्।

मुस्ताङको तिर्थस्थल मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नम्बरको बस अनियन्त्रित भई राजमार्ग छेउमा पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .