ad ad

समाज


चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

नेपालखबर
भदौ २९, २०७६ आइतबार ११:५२,

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ। चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो। उक्त कार्यालय, शिवनाथ गाउँपालिका र अमरगढी सामुदायिक वनले रू ५० हजारका दरले रु एक लाख ५० हजार राहत उपलब्ध गराएको प्रजिअ आनन्द पौडेलले जानकारी दिए।

वन कार्यालयका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि रु ५० हजार राहत दिने र पछि रू १० लाखसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको डिभिजनल वन अधिकृत केशव पराजुलीले बताए।

यस्तै राहत वितरणका साथै प्रभावित क्षेत्रका स्थानीय सरकार, पीडित पक्ष र स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरिएको थियो। अन्तरक्रियामा स्थानीय नागरिकले चितुवा नियन्त्रण गर्नुपर्ने वा मार्नका लागि अख्तियारी दिनुपर्ने माग गरेका थिए। प्रभावित क्षेत्रमा बिजुलीबत्ती पु¥याउन तथा तत्काल सोलारको व्यवस्था गर्न पनि माग गरिएको स्थानीयवासी वीरेन्द्र महताले जानकारी दिए।

स्थानीयवासीको मागको सम्बोधन गर्दै प्रजिअ पौडेलले गृह मन्त्रालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण विभागका विज्ञ टोली पठाउनका लागि आग्रह गरिएको बताए। तल्लोस्वराड क्षेत्रमा चितुवाले फैलाएको आतङ्कका सम्बन्धमा पनि जिल्ला प्रशासनले चासो लिएकोसमेत उनले बताए।

यसैबीच डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सामुदायिक वन मिलेर आइतबारदेखि प्रभावित क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणवाट २०६८ सालदेखि हालसम्म २४ जनाले ज्यान गुमाइसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .