ad ad

कारोबार


यस्ता छन् सुबिसुका दशैं, तिहार अफर

यस्ता छन् सुबिसुका दशैं, तिहार अफर

नेपालखबर
भदौ २९, २०७६ आइतबार ११:४६,

सुबिसु केबलनेट प्रालिले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टिभी सेवा प्रदान गर्ने भएको छ। आउँदै गरेको महान चाडलाई उपभाेक्ताहरुले हर्षोल्लासका साथ मनाउनका साथै इन्टरनेटको माध्यमबाट सर्भसुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको हो।

यस प्याकेजअन्तर्गत ग्राहकहरुले ९९ (करसहित) रुपैयाँमा एक महिनाको लागि ३० एमबीपीएस इन्टरनेट सेवा अथवा सोही मूल्यमा क्लियर टिभी प्रिमियम प्याकेज प्राप्त गर्न सक्नेछन्। यसमा ७५ भन्दा बढी एचडी च्यनलहरुसहित २ सय ७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन्।

सथै मात्र १ सय ९८ रुपैयाँ(कर सहित) मा ग्रहाकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्नेछन्। यसमा २५ एमबीपीएस इन्टरनेट र क्लियर टिभी प्रिमियम प्याकेज रहनेछ।

यी सेवाहरु सीमित अवधिका लागि मात्र रहने र शर्त तथा नियमहरु लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .