सामाजिक संजालमा भाइरलको ट्रेन्ड छ। अर्थात् एक सामान्य मानिस पनि सामाजिक संजालमार्फत् चर्चित बनिदिन्छन्।
हालै सामाजिक संजाल ट्वीटमा पोस्ट भएको एक फोटोले गर्दा एक अपरिचित व्यक्ति विश्वमै चर्चाको विषय बनेका छन्।
हालसम्म पनि यी व्यक्तिको पहिचान भने खुलेको छैन। तर ट्वीटर ह्यान्डल ‘कोर्ट्नी लि जोनसन’बाट जे पोस्ट भयो। त्यो चर्चाको विषय बनेको छ।
कोर्ट्नीले एक फोटो पोस्ट गर्दै भनेका छन्,‘यी व्यक्तिले आफ्नी श्रीमती मजासँग निदाउँन पाउन भनेर विमानमा ६ घण्टा उभिएरै यात्रा गरे। साँच्चै यो माया हो।’
— Courtney Lee Johnson (@courtneylj_) September 6, 2019This guy stood up the whole 6 hours so his wife could sleep. Now THAT is love. pic.twitter.com/Vk9clS9cCj
उक्त फोटोमा एक व्यक्ति विमान भित्रका तीनवटा कुर्सीमा निदाएको देख्न सकिन्छ। ती व्यक्तिले भने महिलालाई मायालु तवरले हेरिरहेको देखिन्छ।
मानिसहरुले उनका ट्वीटमा साँच्चै यो माया नै हो भने प्रतिक्रिया जनाइरहेका छन्। एजेन्सी

प्रतिक्रिया