समाज


काठमाडौँ उपत्यकामा इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ उपत्यकामा इन्द्रजात्रा पर्व मनाइँदै

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ३:४१,

काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै छ। इन्द्रजात्रा पर्वको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक विदा दिएको छ।

भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा मुख्यगरी मनाइने यो पर्व धुलिखेल, दोलखा लगायत ठाउँमा पनि मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ।

इन्द्रजात्राका अवसरमा आज राष्ट्रपतिबाट हनुमानढोकामा रहेको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने कार्यक्रम छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

इन्द्रजात्राको अवसरमा काठमाण्डौको दहचोकमा रहेको इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको किंवदन्ती छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad