ad ad

समाज


हेटौंडाको चुरेमा बस दुर्घटना, एकको मृत्यु, २० घाइते

हेटौंडाको चुरेमा बस दुर्घटना, एकको मृत्यु, २० घाइते

नेपालखबर
असार २, २०७६ सोमबार ५:१४,

चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको यात्रुवाहक बस हेटौँडामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते बनेका छन्।

सोमबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई सो बस दुर्घटना भएको हो।

दुर्घटनामा घाइते बनेकी एक महिलाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको छ। मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .