समाज


पूर्वराजदूत झा हत्या प्रकरणः कान्छारामलाई थुनामा पठाउन आदेश

पूर्वराजदूत झा हत्या प्रकरणः कान्छारामलाई थुनामा पठाउन आदेश

नेपालखबर
भदौ २५, २०७६ बुधबार १२:४७,

पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराम तामाङलाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। अदालतले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

तामाङ झण्डै एक दशकयता झाको घरमा कार्यरत थिए। उनले सुरक्षागार्डसँगै सेफको काम गर्दै आएका थिए।

गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो। घटना लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। तर, उनीहरु विरुद्ध प्रमाण नजुटेपछि तीनै जना छुटेका थिए।

उनलाई गत साउन ३१ गते प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले दोस्रोपटक पक्राउ गरेको हो। तामाङविरुद्ध झा पत्नी ज्ञानुले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी थिइन्।

याे पनि पढ्नुहाेस्; पूर्व राजदूत झा हत्या प्रकरणः ‘टोबी’ बन्यो अनुसन्धानको मियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .