काठमाडौंमा फर्निचर तथा फर्निसिङ सामग्रीहरुको प्रर्दशनी सुरु भएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार एक कार्यक्रमबीच काठमाडौंको भृकुटीमण्डलमा सुरु भएको सो प्रर्दशनीको उद्घाटन गरेका हुन्। ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ नाम दिइएको सो प्रर्दशनी ५ दिनसम्म चल्नेछ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा नेपाल चेम्बर अफ कमर्शको संयोजनमा सुरु भएको सो प्रर्दशनीको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रुपेश प्रधानले नेपाल सरकारसँग फर्निचर व्यवसायमैत्री वातावरण बनाई दिन आग्रह गरे। उनले सरकारले यस क्षेत्रको विकासका लागि भन्सार शुल्कमा समेत भारी छुट दिनुपर्ने बताए।

प्रर्दशनीमा किचन, बेडरुम, बाथरुपका साथै कार्पेट, मार्वललगायतका सामग्रीहरु राखिएका छन्। स्वदेशी तथा विदेशी गरी १ सय २० वटा स्टल रहेको सो प्रर्दशनीले नेपालको फर्निचर व्यवसायको बजारीकरणका महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया