ad ad

समाज


महाकाली अञ्चल अस्पतालः डेंगु रोग जाँच्ने किट विहीन

महाकाली अञ्चल अस्पतालः डेंगु रोग जाँच्ने किट विहीन

गोकुल जोशी
भदौ २४, २०७६ मंगलबार ८:५३,

देशका विभिन्न जिल्लामा डेंगु रोगको संक्रमण बढ्दै जान थालेसँगै कञ्चनपुरमा समेत बिरामी देखा पर्न थालेका छन्। कञ्चनपुरमा डेंगु रोगको संक्रमण देखिन थालेपनि महाकाली अञ्चल अस्पतालमा डेंगु जाँच गर्ने किट नै नरहेको अस्पतालले जनाएको छ।

डेंगु रोग जाँच गर्ने किटको अभावमा रोग जाँच गर्न समस्या उत्पन्न भएको छ। ‘डेंगु रोगको संक्रमण देखिन थालेको छ, तर जाँच गर्ने किटको अभाव छ।’ अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले भने, ‘यस वर्ष हालसम्म पनि किट आइपुगेको छैन।’

प्रदेश स्वास्थ्य निर्देशनालय मार्फत वर्षातको समयमा रोग जाँच गर्नका लागि उपलब्ध हुने किट उपलब्ध नभएको जनाइएको छ। प्रदेश सरकारले प्रत्येक महिना किट उपलब्ध गराउने गरेको तथा यस बर्ष भने हालसम्म पनि किट प्राप्त भइनसकेको हो।

किट अभाव हुँदा विकल्पका रुपमा अन्य विधि प्रयोग गर्दै रोग जाँच गर्नु परेको चिकित्सकहरुको भनाई छ। महेन्द्रनगरका खेमराज पाण्डेलाई डेंगु संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरेर उपचार भएको अस्पतालले जनाएको छ। मौसम परिवर्तनसँगै महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्यामा समेत बृद्धि भएको छ।

हाल दैनिक दुईसय देखि दुई सय ५० जना बिरामीहरुले अस्पतालबाट सेवा लिइरहेका छन्। जसमध्ये सबैभन्दा बढी ज्वरोका रहेको अस्पतालका मेडिकल रेकर्डर सुपरिभाइजर नारद प्रसाद भट्टले बताए। यस्तै मलेरियाका बिरामी समेत फ्याट्टफुट्ट देखिएका छन्। डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो।

डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ। यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ।

खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ। डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्ने चिकित्सकहरुले सुझाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .