ad ad

समाज


सुरुङ बनाएर घरभित्र चोरी, एकजना पक्राउ

सुरुङ बनाएर घरभित्र चोरी, एकजना पक्राउ

नेपालखबर
असोज ४, २०८१ शुक्रबार २०:२१, काठमाडौँ

रौतहटमा सुरुङ खनेर घरभित्र परेर चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

गत असार २४ गते राति दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा टोलमा घरमा सुरुङ खनेर चोरी भएको थियो।

स्थानीय चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा सेन काटेर सुरुङ बनाई चोर घरभित्र पसेर चोरी गरेका थिए।

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटकै गरुडा नगरपालिका ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षका जिआउल हकलाई पक्राउ गरेको रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिएकी छन्।

उनलाई बिहीबार पक्राउ गरेको र बुधबार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

उनले घरभित्र रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोवाइल चोरी गरेको पनि डीएसपी गिरीले बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .