ad ad

कला


२० वर्षपछि पुनः रिलिज भएको शाहरुखको ‘वीरजारा’ ले रच्यो इतिहास, सय करोड क्लबमा प्रवेश

२० वर्षपछि पुनः रिलिज भएको शाहरुखको ‘वीरजारा’ ले रच्यो इतिहास, सय करोड क्लबमा प्रवेश

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १६:१८, काठमाडौँ

२० वर्षपछि पुनः प्रदर्शन भएको चर्चित बलिउड फिल्म ‘वीरजारा’ ले कमाइमा रेकर्ड कायम गरेको छ। गत शुक्रबार रिलिज भएको फिल्मले एक सातामा विश्वभरबाट सय करोड भारतीय रुपैयाँको आँकडा पार गरेको हो। 

रिलिजको बिसौँ वार्षिकोत्सवको अवसरमा यशराज फिल्म्सले ‘वीरजारा’ लाई विश्वभर फेरि रिलिज गरेको थियो। व्यवसायिक तथा समीक्षात्मक हिसाबले उत्कृष्ट यस फिल्मले सीमापारको प्रेमकथालाई उठान गरेको छ। 

ट्रेड एनालिस्ट तरण आदर्शले ‘वीरजारा’ विश्वव्यापी संग्रहबारे जानकारी दिए। उनका अनुसार २० वर्षपछि यो फिल्म १०० करोड क्लबमा प्रवेश गरेको छ। विश्वव्यापी बक्स अफिस वीरजाराको कमाइ १०२ करोड ग्रस कलेक्सन छ। 

शाहरुख खान र प्रीति जिन्टा अभिनित यो फिल्म नेपालमा पनि रिलिज भएको थियो। यस फिल्ममा रानी मुखर्जी,अमिताभ बच्चन, दिव्या दत्त, मनोज बाजपेयी, बोमन इरानी, अनुपम खेर र किरण खेर लगायतको अभिनय छ। 

यश चोपडा निर्देशित फिल्ममा भारतीय केटा र पाकिस्तानी केटीबीचको प्रेमकथाको कथा भन्छ। २० वर्षअघि यस फिल्मले यसअघि विश्वव्यापी रुपमा ९९ करोड भारु कमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .