समाज


नापी सर्भेक्षक मोहन यादव उपर आरोपपत्र दायर

नापी सर्भेक्षक मोहन यादव उपर आरोपपत्र दायर

नेपालखबर
भदौ २२, २०७६ आइतबार १२:८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्ला अदालत, जलेश्वरमा कार्यरत नापी सर्वेक्षक मोहन यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यादवले महोत्तरी जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सम्बन्धमा स्थलगत नापजाँच गरी घर नक्शा अनुसार नभएको भनि विभिन्न बहाना बनाइ उक्त मुद्दा मिलाई दिन्छु भनि सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

विशेष सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले सर्वेक्षक यादवलाई सेवाग्राहीबाट घुस÷रिसवत वापतको रकम लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।

यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको देखिँदा निजलाई विगो एक लाख ५० हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदावी लिई आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad