समाज


मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना, ३ जनाको मृत्यु

मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना, ३ जनाको मृत्यु

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ११:४१,

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको टाटासुमो मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा अन्य ८ जना घाइते बनेका छन्।

शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमो भीमफेदी गाउँपालिका–६ चियानडाँडामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरे। जीप सडकबाट तल खसेको उनले बताए।

दुर्घटना सर्लाहीका महेन्द्र सहनी, माहोत्तरी माइस्थानका वीरसिंह वाइवा र रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझीको मृत्यु भएको एसपी सिंहले जानकारी दिए।

दुर्घटनामा घाइते बनेका अन्य आठ जनाको हेटौंडाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad