राजनीति


विप्लवलाई सिधै काठमाडौं आएर वार्तामा बस्न जनार्दनको आग्रह

विप्लवलाई सिधै काठमाडौं आएर वार्तामा बस्न जनार्दनको आग्रह

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ११:४०,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आह्वान गरेका छन्।

दाङको तुलसीपुरमा शुक्रबार बिहान प्रेस संगठन दाङले गरेको पत्रकार सम्मेलनमा शर्माले विप्लवलाई हिंसाबाट कहिँ नपुगिने भन्दै सिधै काठमाडौं आएर राजनीतिक निकासका लागि खुल्ला छलफलमा सहभागी हुन आग्रह गरे।

‘विप्लवजी कहाँ गएर लुक्नु भएको छ मैले तपाईलाई खोजिरहेको छु। आउनुस् छलफल गरौं,’ शर्माले भने। अधिकारको कुरा संविधानमा लेखिसकिएको हुँदा त्यसलाई कार्यान्वयन गर्नका लागि सबै लाग्न जरुरी रहेको उनको भनाई थियो।

उनले समाजवादको कार्यक्रमलाई लागू गर्न, समाजवादी क्रान्तिलाई अगाडि बढाउन, भ्रष्टाचारका विरुद्ध लड्न, उत्पीडित जनताको पक्षमा बोल्न सबै कुरा छुट रहेको उनले तर्क पनि गरे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .