प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिकाबाट चार थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कैलालीले संयुक्त टोलीले धनगढीको चटकपुरबाट बुधबार साँझ चार जनालाई हतियारसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना, सोही स्थानका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी रहेका छन्।
पक्राउ परेका तीन जनामध्ये राना यस क्षेत्रमा हतियार सप्लाई गर्ने र जग्गा दलाली गर्ने काम गर्दै आएको प्रहरीको दावी छ।
पक्राउ परेकाका साथबाट चार थान पेस्तोल, सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरेको प्रहरीले जनाएको छ।
उनीहरुलाई आज साँझ ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरु तीन जनामाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया