ad ad

समाज


एटीएम ह्याक प्रकरण अध्ययन गर्न नेपाल आयो विज्ञ टोली

एटीएम ह्याक प्रकरण अध्ययन गर्न नेपाल आयो विज्ञ टोली

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ४:४०,

एटीएम ह्याक प्रकरण अध्ययनका लागि विदेशी विज्ञ टोली नेपाल आएको छ।

सिङगापुरबाट बुधबार राति फरेन्सिक विज्ञटोली नेपाल आएको हो ।

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को आग्रहका विज्ञ टोली नेपाल आएको नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणप्रकाश क्षेत्रीले जानकारी दिए।

बिहीबारदेखि नै फरेन्सिक टोलीले अध्ययन अध्ययन गर्ने छ। विज्ञ टोलीको अध्ययनपछि एटीएम ह्याक प्रकरणका सबै रहस्य उजागर हुने क्षेत्रीले बताए।

टोलीमा दुईजना विज्ञ सहभागी छन्। उनीहरु करिब चार दिन नेपाल बस्ने बताइएको छ।

टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको थियो, त्यो पत्ता लगाउनेछ। त्यही प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने क्षेत्रीले बताए।

एटीएम ह्याक प्रकरण अध्ययन गर्न विद्युतीय सेवा प्रदायक कम्पनी ‘भिसा’ बाट पनि टोली नेपाल आउने भएको छ। टोली बिहीबारसम्म नेपाल आउने स्रोतले जनाएको छ।

गएको शनिबार एटीएम ह्याक गरेर काठमाडौँका १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपैयाँ लुटिएको थियो।

चोरीमा संलग्न पाँच चिनियाँ, तीन नेपाली र एक जना फ्रान्सेली नागरिक पक्राउ परिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .