ad ad

समाज


अमेरिकामा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु

अमेरिकामा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ४:४९,

अमेरिकामा भएको सवारी दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ।

अमेरिकाको मिजुरी राज्यमा सवारी दुर्घटना भएको हो। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा श्रद्धा ओझा, गोविन्द खनाल र शान्ता खनालको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। गोविन्द र शान्ता श्रद्धाका बुवाआमा हुन्।

मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ।

प्रहरीका अनुसार पछाडिबाट आएको सवारीले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा श्रद्धाका पति प्रभास र चार वर्षीय छोरी पनि गम्भीर घाइते छन्। उनीहरुको अबस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .