नेपाली कांग्रेसले पौने सात लाख सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्टि भएको जनाएको छ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत डिजिटल प्रणालीमा प्रविष्ट सदस्यको विवरण अनुमोदन गरेको हो। बैठकले सदस्यता अद्यावधिक अभियान सफल भएको पनि निष्कर्ष निकालेको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन्।
क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत डिजिटल प्रणालीमा रहेका सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म वडा तहमार्फत अद्यावधिक सम्पन्न भएका तथा डिजिटल प्रणालीमार्फत स्वयं अद्यावधिक फाराम भरी वडा तहमा अनुमोदनको प्रक्रियामा रहेका गरी ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ।
त्यसमध्ये पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यले एनसीआईडी प्राप्त गरेको जनाएको छ। बाँकी लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यले पेश गरेको स्वयं अद्यावधिक फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तहमार्फत अद्यावधिकको प्रक्रियामा रहेको दुलालले जानकारी दिए।
यसरी अनलाइनमार्फत प्रविष्ट भएका फाराम वडा तहबाट आउँदो असार ५ गतेभित्र अनुमोदन गरिसक्न सदस्यता व्यवस्थापन केन्द्रीय समिति निर्देशन दिएको छ। ‘तोकिएको समयसीमाभित्र वडा तहबाट अनुमोदन नभएमा विधानबमोजिम क्रियाशील सदस्यता प्राप्त गर्न नवीकरण गर्न योग्य सदस्यलाई केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइनेछ,’ समितिको निर्णयमा भनिएको छ।
त्यस्तै, इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी जिल्लाका केही पालिका तथा क्रियाशील सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय असार ७ गतेसम्म कायम गरिएको जनाएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य असार १० गतेसम्म कायम रहने भएको छ।
क्रियाशील फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य असार २० गतेसम्मका लागि कायम गरिएको छ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गरेका १४ निर्णय:



Shares

प्रतिक्रिया