समाज


स्याङ्जाको गल्याङमा जिप दुर्घटना, ३ जनाको मृत्यु

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, ३ जनाको मृत्यु

नेपालखबर
भदौ १८, २०७६ बुधबार १०:४७,

पाल्पाको हुँग्दीबाट स्याङ्जाको गल्याङ जाँदै गरेको जीप गल्याङमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो पाल्पाको हुँग्गीबाट स्याङ्जाको गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ बजार नजिकै बीपीसीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा पाल्पाकी ५५ वर्षीया थानमाया दर्जीर्, स्याङ्जा वालिङकी मञ्जु भण्डारी गैर र वालिङकै २ वर्षीया प्रशन्न दर्जी को निधन भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए।

 २३ यात्रु सवार रहेको उक्त जीप ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रजिअ निरौलाले नेपालखबरलाई बताए। ‘हामी अनुसन्धानमा छौँ, ओभरलोड र ड्राइभरका छोराले चलाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ’, उनले भने।

दुर्घटनामा अन्य २० जना घाइते बनेको र घाइतेमध्य १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ६ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रजिअ निरौलाले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .