ad ad

समाज


ग्यास सिलिण्डरमा लागु औषध तस्करी

ग्यास सिलिण्डरमा लागु औषध तस्करी

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १५:११,

प्रहरीले कडाइ गर्न थालेपछि लागु औषध तस्करले नयाँ नयाँ तरिका अपनाउने गरेका छन्।ग्यास सिलिण्डरभित्र लागु औषध राखेर तस्करी गरेको भेटिएपछि प्रहरी नै दङ्ग परेको छ।

सप्तरीको राजबिराज नगरपालिका–१६ स्थित बागेश्वरी मन्दिर अगाडी प्रहरीले चेकजाँचका क्रममा स१०प१३ नं को मोटरसाइकललाई शंका लागी चेकजाँचका क्रममा ग्यास सिलिण्डरको पिंदमा प्वाल बनाई लुकाई छिपाई १००एमएल को १४० बोतल डाईलेक्स डिसी सिरप लागुऔषध बरामद भएको हो।

मोटरसाइकल चालक राजगढ गाउँपालिका–६ का ३८ वर्षीय अशोक यादवलाई प्रहरीले मोटरसाइकल र लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .