भूमिसुधार तथा मालपोत कार्यालय, बाराको मुद्दा फाँटमा करार सेवामा पूर्व कार्यरत हरिमोहन सिंह क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस रकमसहित पक्राउ गरेको छ।
आयोगको कार्यालय हेटौडाले माग गरेको जग्गा सम्बन्धी कागजातहरू नपठाई केही समयको लागि रोकेर राखिदिने भन्दै बिभिन्न बहाना बनाई सेवाग्राहीसँग उनले घुस रकम माग गरेको अख्तियारले जनाएको छ।
विशेष सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले क्षेत्रीलाई सेवाग्राहीसँग एक लाख घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिएको हो।
3
Shares

प्रतिक्रिया