शनिबार जम्मु कस्मिका ५ सय ७५ युवा भारतीय सेनामा भर्ती भएका छन्।
जम्मु कस्मिर लाइट इन्फान्ट्री रेजिमेन्ट सेन्टर, श्रीनगरमा आज पासिङ आउट परेडको माध्यमबाट घाटी क्षेत्रका ५ सय ७५ युवाले देशको रक्षाको लागि शपथ लिएका छन्।
अब उनीहरु भारतीय सेनाको अभिन्न अंग बनेका छन्। उनीहरुले भारतीय भूमिको रक्षाको लागि शपथ लिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
भारतीय सेनको हिस्सा बनेसँगै शनिबार कस्मिरका युवाले जी न्युजसँग भने,‘हामी देशको लागि मर्न र मार्न तयार छौं। हामी भारत माताको रक्षाको लागि सँधै तयार रहने छौं।’
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आस्विनी कुमारले जी न्युजसँग जम्मु कस्मिरमा अब सेना भर्तीको अवसर लगातार खुल्ने बताएका छन्।
हालै भारत सरकारले जम्मु कस्मिरलाई प्रदान गरेको विशेषाधिकार हटाएको छ। संविधानको धारा ३७० हटाएर सरकारले जम्मु कस्मिरालाई केन्द्र शासित बनाएको छ।
यस कार्यको विरोधमा जम्मु कस्मिरका युवाले सरकार विरोधी प्रदर्शन गरिरहेका छन्।
जम्मु कस्मिरका युवाले प्रदर्शन गरिरहँदा भारत सरकारले सेनाको भर्ती खुलाएर त्यहाँको युवालाई रोजगारी प्रदान गरेको हो।
प्रतिक्रिया