पूर्वपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको सैनामैना नगरपालिका-१ स्थित वनकट्टामा आज (शनिबार) बिहान बोलेरो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
बुटवलस्थित ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा स्थानीय ६५ वर्षीया नन्दकली सुवेदीको मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज १७४६ नंको बोलेरो गाडीले सडक छेउमा हिँडिरहेकी सुवेदीलाई ठक्कर दिएको हो।
गम्भीर घाइते अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु सुवेदीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया