कारोबार


नेपालका बैंकमा विदेशी पुँजी आउँदा डराउनु पर्दैनः अर्थमन्त्री

नेपालका बैंकमा विदेशी पुँजी आउँदा डराउनु पर्दैनः अर्थमन्त्री

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १३:४१,

अर्थ मन्त्री डा युवराज खतिवडाले नेपालमा खुलेका बैंकहरुमा विदेशी पुँजी आयो भनेर डराउनु नपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको उत्तर दिँदै नेपालमा बैंक मार्फत भित्रिएको पुँजीले अर्थव्यबस्थामा सकारात्क प्रभाव पारेको भन्दै डराउनु नपर्ने बताएका हुन्।

नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको, निजी क्षेत्रलाई समेत निश्चित भूमिका दिएकोले निषेध गर्न नसकिने उनले बताए। विदेशी स्वामित्वका बैंक तथा वित्तीय संस्थाबाट प्रविधि हस्तान्तरण भएको, दक्ष जनशक्ति उत्पादनमा समेत त्यसले भूमिका निर्वाह गरेको भन्दै उनले विदेशी स्वामित्वका संस्थाहरु खराब मात्रै हुन्छन् भन्ने मान्यता राख्न नहुने बताए।

विदेशी लगानीको भए पनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानून, विधि र प्राथमिकताअनुसार सञ्चालन हुने गरेको भन्दै द्विविधा राख्न नहुने अर्थमन्त्रीले उल्लेख गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .