कारोबार


ज्योति विकास बैंकको नयाँ शाखा सातदोबाटोमा

ज्योति विकास बैंकको नयाँ शाखा सातदोबाटोमा

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १२:३,

ज्योति विकास बैंकले ललितपुरको सातदोबाटोमा बिहीबार नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकको नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले गरेका थिए। कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले ज्योति विकास बैंकले राष्ट्र बैंकको नियमको अधिनमा रहि शाखा विस्तार तथा बैंकिङ्ग पहुँचमा दिएको योगदान उल्लेखनीय रहेको बताए। साथै उनले बैंकिङ्ग क्षेत्रमा आउन सक्ने जोखिमलाई व्यवस्थित गर्दै बैंकिङ्ग सेवालाई अझ सुमधुर बनाउँदै राष्ट्रिय स्तरमा आम जनतालाई थप सहजता प्रदान गर्न आग्रह पनि गरे।

कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र र समाजको हरेक आयाममा बैंकिङ्ग सेवामार्फत योगदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त्त गरे।

यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताए। साथै उनले ज्योति विकास बैंकको पूँजी संरचनाले पनि बैंकको जोखिमलाई न्युनिकरण गर्दै सुमधुर रुपमा सेवा प्रदान गर्ने अवस्थामा पुर्याएको कुरामा पनि जोड दिए।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु। ३० अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु। २६ अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad