आज (बिहीबार) देशैभरको मौसम आंशिकदेखि सामान्य बदली छ।
काठमाडौं उपत्यकासहित देशैभरीको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।
‘अहिले पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ,’ नगरकोटीले नेपालखबरसँग भनिन्, ‘शुक्रबार दिउँसोदेखि पानी पर्ने क्रम अझै बढ्ने अनुमान हाम्रो छ।’
बंगालको खडी आसपासको क्षेत्रमा न्युन चापिय क्षेत्रको विकास भएकाले नेपालमा वर्षाको सम्भावना बढेको उनको भनाई छ।
आज पनि दिउँसोपख काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
भाद्र १२ गते (बिहीबार)
दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।
रातिः देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।
भाद्र १३ गते (शुक्रबार)
दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।
रातिः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमका एक दुर्इ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
भाद्र १४ गते (शनिबार)
दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।
रातिः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहमा मेघ गर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।
Shares
प्रतिक्रिया