ad ad

छापा खबर


यस कारण भयो हेलो सरकार प्रभावहीन

यस कारण भयो हेलो सरकार प्रभावहीन

नेपालखबर
भदौ १२, २०७६ बिहिबार २:०,

जनताका विभिन्न समस्या र गुनासा तत्काल सम्बोधन गर्ने उद्देश्यसहित सुरु गरिएको ‘हेलो सरकार कार्यक्रम’ प्रभावकारी नभएपछि सर्वसाधारणमा यसप्रतिको विश्वास घटेर जान थालेको छ।

सर्वसाधारणले ठूलो आशाका साथ गुनासोसहितको उजुरी गरे पनि व्यावहारिक समाधान हुन छाडेपछि विश्वास घट्दै गएको खबर आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ सर्वसाधारणका गुनासा तत्काल सुन्न र समाधान गर्न स्थापना गरिएको थियो । तर, अधिकांश गुनासोका मुख्य विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्न नसक्दा समस्या ज्यूँका त्यूँ रहन पुगेको हो।

तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पालामा सुरु गरिएको यो कार्यक्रमले आमजनताका गुनासा सम्बोधन गर्दै सरकार र नागरिकबीच सुमधुर सम्बन्ध स्थापित गर्ने विश्वास गरिएको थियो । तर, यो कार्यक्रम हाल आएर पूर्णरूपमा निष्प्रभावी हुँदा सरकारप्रति जनताको विश्वास घट्नुका साथै नागरिक र सरकारबीच दूरी अझै बढ्न पुगेको विश्लेषकको भनाइ छ।

गत आर्थिक वर्ष २०७५÷७६ मा परेका उजुरीको ९६ प्रतिशत उजुरी समाधान भएको हेलो सरकार युनिटको दाबी छ। ‘हामीले प्रत्येक तीन महिनामा हेलो सरकारमा आएका गुनासो सम्बोधनका उपलब्धि प्रधानमन्त्री कार्यालयमार्फत सार्वजनिक गर्ने गरेका छौं,’ हेलो सरकार शाखाका उपसचिव शेखर पौडेलले भने।

सरकारले उपलब्धिका रूपमा उल्लेख गरे पनि व्यावहारिक रूपमा जनचासोका विषय समाधान हुन नसकेको सर्वसाधारणको भनाइ छ । आएका उजुरीका सम्बन्धमा सम्बन्धित विभाग तथा मन्त्रालयले पनि समाधान भइसकेको भन्दै झारा मात्र टार्ने गरेका छन्।

अधिकांश समस्याको व्यावहारिक र दिगो समाधानमा ध्यान दिन नसक्दा ‘हेलो सरकार’मा परेका उजुरी समाधानका लागि सम्बन्धित निकायमा पठाएको आधार मात्र पनि समाधान नै नभई उपलब्धिका रूपमा देखिने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .