पासाङ ल्हामु राजमार्ग पुनः अबरुद्ध भएको छ।
राम्चे तथा ब्राबल र धुन्चे रसुवागढी सडक खण्डका विभिन्न स्थानमा गएराति पहिरो गएपछि सडक अबरुद्ध बनेको प्रहरीले जनाएको छ।
रसुवागढी नाका जोड्ने सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा गाडी चल्न नसकेका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।
‘पहिरो पन्छाउन जनशक्ति परिचालन गरेका छौँ, सडक खुल्न २ ३ घन्टा लागन सक्छ’ प्रजिअ भण्डारीले भने।
सडक डिभिजन कार्यालय र विभिन्न जलविद्युत् आयोजनाका मजदुर, नेपाली सेना तथा प्रहरीले पहिरो पन्छाउने काम गरिरहेका छन्।
गत साता पनि पहिरो जाँदा पासाङ ल्हामु सडक दुई दिन अबरुद्ध भएको थियो।

प्रतिक्रिया