विभिन्न समयका सरकारहरूले आफ्ना राजनीतिक दल, पार्टी निकट संस्था तथा व्यवसायीहरूलाई ठूलो परिमाणमा सरकारी जग्गा बाँडेको भेटिएको छ।
मन्त्रिपरिषद्बाट निर्णय गराएर पार्टी कार्यालय, निजी अस्पताल, धार्मिक संगठन, विभिन्न राजनीतिक व्यक्तिका नाममा खोलिएका प्रतिष्ठानदेखि व्यावसायिक संस्थासम्मलाई भोगाधिकारका नाममा जग्गा बाँडिएको विवरण आफूलाई प्राप्त भएको आजको हिमाल साप्ताहिकले लेखेको छ।
कतिपय स्थानमा त्यस्ता जग्गा काननुविपरीत तेस्रो पक्षलाई भाडामा दिइएको छ भने कतिपय स्थानका जग्गा अतिक्रमण भइसकेका छन्। यो खबर रमेशकुमारले हिमालमा विस्तृत रूपमा लेखेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय स्रोतका अनुसार गएको असार मसान्तसम्ममा १८ हजार ८०५ रोपनी सरकारी जग्गा ३५१ संस्थालाई बाँडिसकिएको छ।

प्रतिक्रिया