समाज


चितवनमा डेंगु संक्रमण भयावह बन्दै, एकको मृत्यु, २२५ बिरामी

चितवनमा डेंगु संक्रमण भयावह बन्दै, एकको मृत्यु, २२५ बिरामी

नेपालखबर
भदौ ८, २०७६ आइतबार ३:५५,

चितवनमा डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा साउन ३१ गते चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको हो। मृतकको नाम गोप्य राखिएको छ।

सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो।

सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिए।

जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो छ। उहाँका अनुसार साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५६७ जनाको परीक्षण गरिएकामा २२५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ।

तीमध्ये ४० प्रतिशत बिरामी भरतपुर महानर क्षेत्रका हुन्। डेङ्गु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानसँगै जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad