समाज


फेरि बढ्यो संक्रमण, २ हजार ८९२ संक्रमित थपिए

फेरि बढ्यो संक्रमण, २ हजार ८९२ संक्रमित थपिए

नेपालखबर
असार १६, २०७८ बुधबार ११:३३,

नेपालमा गएको २४ घण्टामा २ हजार ८९२ जना कोरोना संक्रमित थपिएका छन्।

११ हजार ५६८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

यो अवधिमा ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, आज ४१ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ११२ पुगेको छ।

आज काठमाडौंमा ४३६, ललितपुरमा ८९ र भक्तपुरमा ४७ गरी उपत्यकामा ५६८ जनामा संक्रमण देखिएको छ।

हिजो नेपालमा २ हजार ६३६ जना संक्रमित भएका थिए भने ४ हजार ३५८ जना संक्रमणमुक्त भएका थिए। यस्तै, २० जनाको ज्यान गएको थियो।

हिजो काठमाडौं उपत्यकामा ४५८ जना संक्रमित फेला परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad