सिन्धुलीमा कमला नदीमा ठूलो बाढी आएको र अझै बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
आज (बुधबार) बिहान ६ बजे सूचना जारी गरी विभागले भनेको छ, ‘सिन्धुलीस्थित कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाऔं।!


प्रतिक्रिया