समाज


आज राति सातै प्रदेशमा पानी पर्ने, तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज राति सातै प्रदेशमा पानी पर्ने, तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

नेपालखबर
असार १५, २०७८ मंगलबार १४:४,

आज राति पनि देशका सातै प्रदेशमा पानी पर्ने केही स्थानमा ठूलो वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी (ठूलो) वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .