ad ad

समाज


११ हजार ७४८ को परीक्षण गर्दा २ हजार ६३६ संक्रमित

११ हजार ७४८ को परीक्षण गर्दा २ हजार ६३६ संक्रमित

नेपालखबर
असार १५, २०७८ मंगलबार ११:२६,

गएको २४ घण्टामा नेपालमा २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

११ हजार ७४८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ४ हजार ३५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज २० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। यो सँगै नेपालमा मृतकको संख्या ९ हजार ७१ पुगेको छ।

यस्तै, आज काठमाडौं उपत्यकामा ४५८ जना संक्रमित फेला परेका छन्। जसमा काठमाडौं ३०२m ललितपुर १०० र भक्तपुर ५६ जना रहेका छन्।

हिजो नेपालमा १ हजार ९२० जनामा संक्रमित थपिएका थिए भने ३ हजार ७ जना निको भएका थिए। यस्तै, ३४ जनाले ज्यान गुमाएका थिए।

काठमाडौं उपत्यकामा काठमाडौं २९२, ललितपुर १०० र भक्तपुर ३२ जना गरी ४२४ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .