ad ad

समाज


उड्न लागेको विमान हाइज्याक गर्न नसकेपछि झ्यालबाट उफ्रिएर भाग्दा खुट्टा भाँच्चियो

उड्न लागेको विमान हाइज्याक गर्न नसकेपछि झ्यालबाट उफ्रिएर भाग्दा खुट्टा भाँच्चियो

नेपालखबर
असार १५, २०७८ मंगलबार ११:९,

मेक्सिकोका नागरिक लुइस एन्टोनियो भिक्टोरियाले लस एन्जलस अन्तर्राष्ट्रिय एयरपोर्टमा उड्न लागेको विमान युनाइटेड एक्सप्रेस हाइज्याक गर्न खोजेका थिए।

३३ वर्षका उनी गत मंगलबार मेक्सिकोको काबो सान लुकासबाट लस एन्जलस आएका थिए। उनी उथा राज्यको साल्ट लेक सिटी जान चाहन्थे।

तर कनेक्टिङ फ्ल्याइट नभएपछि उनले विमान नै हाइज्याक गरेर सो क्षेत्रमा लाने प्रयास गरेको बताइएको छ।

तर जब उनले विमान हाइज्याक गर्ने प्रयास असफल भयो उनी ककपिटको इमरजेन्सी ढोकाबाट भाग्न खोजेका थिए।

उनी कुदिरहेको विमानबाट भाग्दा उनको एउटा खुट्टा भाँच्चिएको छ। उनलाई गिरफ्तार गरिएको छ। उनलाई २० वर्षको जेल सजाय हुनसक्ने बताइएको छ।

एकैपटक आफूले भनेको क्षेत्रमा जाने विमान नभएपछि उनले बसमा सो क्षेत्रमा जान सक्थे।

तर लागूऔषधले मात्तिएका उनले जबर्जस्ती विमान आफूले भनेको ठाउँमा लैजान चाहे। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .