ad ad

कला


धर्मेन्द्र र किरणले ल्याए पहिलो गीत ‘नदेखिन्या घाउ’ (भिडिओसहित)

धर्मेन्द्र र किरणले ल्याए पहिलो गीत ‘नदेखिन्या घाउ’ (भिडिओसहित)

नेपालखबर
असार १५, २०७८ मंगलबार १०:५६,

चर्चित गायन शो भ्वाइस अफ नेपालमा सहभागी प्रतिस्पर्धीद्वय धर्मेन्द्र सुनार र किरण गजमेरको पहिलो गीत सार्वजनिक भएको छ।

संगीत भकारी युट्युब च्यानलबाट सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा शब्द सिर्जना युवा गीतकार लेखु सहयात्रीले गरेका हुन् भने शब्दमा संगीत भर्ने काम भने भ्वाइस अफ नेपालका प्रशिक्षक करणराज कार्कीले गरेका हुन्।

ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन र ध्वनि सम्पादन समेत देवेश राईले गरेका हुन्।

गीतको भिडियोमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनाल र देवेन्द्र बब्लुसँगै संगीता थापा र सौरभ तिमल्सिनाको अभिनय हेर्न सकिन्छ।

चरम गरिबीले पिल्सिएका दुई युवा वैदेशिक रोजगारीमा जान खोज्दा मेनपावर कम्पनीबाट ठगिएपछिको पीडा गीतको भिडियोमा हेर्न सकिन्छ।

गीतको भिडियो छायांकन पिटर गुरुङ्ग र सम्पादन विष्णुहरी तिमल्सिनाले गरेका हुन्।

मौसम हिमालीको कथावस्तु र निर्देशनमा ‘नदेखिन्या घाउ’को भिडिओ अर्थपूर्ण बनेको छ।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .