आजदेखि काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न थालेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार आजदेखि काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन हुन थालेको हो।
सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्दै सार्वजनि सवारी साधन चलाउन दिइएको हो।
सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
सार्वजनिक सवारी साधन चलेसँगै बजारमा चहल–पहल र भीडभाड बढेको छ भने अत्यावश्यक काममा लागि यात्रुहरुलाई सहजतासमेत भएको छ।
उपत्यकाका सडकमा आजबाट छिटफुट सार्वजनिक सवारी साधन सञ्चालनमा pic.twitter.com/1W6pniWP2T
— Nepalkhabar (@Nepalkhabar24) June 29, 2021

प्रतिक्रिया