ad ad

समाज


मौसम विभागले विशेष बुलेटिन जारी गर्दै भन्योः भोलिदेखि निकै ठूलो वर्षाको सम्भावना छ

मौसम विभागले विशेष बुलेटिन जारी गर्दै भन्योः भोलिदेखि निकै ठूलो वर्षाको सम्भावना छ

नेपालखबर
असार १५, २०७८ मंगलबार २:४०,

भोलि बुधबारदेखि निकै ठूलो वर्षा हुने सम्भावना रहेकाले सबैलाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागले मंगलबार (आज) बिहान विशेष मनसुन बुलेटिन–३ जारी गर्दै बुधबारदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने जानकारी दिएको हो।

जसका कारण प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी (ठूलो) तथा निकै ठूलो (धेरै भारी) वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

‘उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ जल तथा मौसम विज्ञान विभागले भनेको छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनबारे निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार मौसमसम्बन्धी जानकारी नियमित रूपमा लिइरहन पनि विभागले आम नागरिकलाई अनुरोध गरेको छ।

यो पनिआज पनि धेरै ठाउँमा पानी पर्ने, दुइटा प्रदेशमा ठूलो वर्षा हुने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .