ad ad

समाज


रूपा सुनारको बदनाम गराउने यो भाइरल तस्बिरको वास्तविकता

रूपा सुनारको बदनाम गराउने यो भाइरल तस्बिरको वास्तविकता

नेपालखबर
असार १४, २०७८ सोमबार १२:५०,

काठमाडौंमा कोठा भाडा खोज्ने क्रममा जातीय विभेद गर्ने घरबेटीविरुद्ध उजुरी हालेकी सञ्चारकर्मी रूपा सुनारसहितको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

जसमा सुनारसहित ९ जना दलित समुदायका पत्रकार केक काटेर खुसियाली मनाइरहेका छन्। जुन तस्बिरलाई एउटा जमातले बबरमहलकी घरधनी सरस्वती प्रधानलाई हिरासत पुर्‍याएको खुसियालीमा ‘भोज’ गरेको भनेर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पारेपछि सम्बन्धित संस्थाले स्पष्टीकरणसहित वास्तविकता जानकारी गराएको छ।

क्रियाशील दलित पत्रकार संघले सोमबार विज्ञप्ति जारी गरी त्यो तस्बिर एक वर्ष अगाडिको भएको जानकारी दिएको हो।

संघका महासचिव विश्वाश खड्काथोकीद्वारा जारी विज्ञप्तिका अनुसार उक्त तस्बिर ठीक एक वर्षअघि अर्थात् १२ असार २०७७ मा लिइएको क्रियाशील दलित पत्रकार संघको तत्कालीन केन्द्रीय समितिको हो। जुन दिन रूपा सुनारको जन्मदिन मात्र थिएन, संघको केन्द्रीय कमिटीको बैठक पनि थियो। आपसी सद्भावका लागि संस्थाले प्रत्येक केन्द्रीय सदस्यको जन्मदिन सिलिब्रेसन गर्ने क्रममा त्यस दिन दिउँसो रूपा सुनारका लागि केट काटिएको थियो। त्यसपश्चात् केन्द्रीय कमिटीको बैठक बसेको थियो। बैठक पश्चात् बाँकी केही साथीहरूको फोटो लिइएको थियो।

‘तर उक्त फोटोमाथि लाञ्छना लगाउँदै निष्कलंकित संस्था र रूपासहितका संस्थाका सदस्य तथा पदाधिकारीहरूको बदनाम गर्न खोजिएकोप्रति संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा संघका महासचिव खड्काथोकीले भनेका छन्, ‘यसलाई आक्रोशित भीडले सामाजिक सञ्जालमा काल्पनिक कथा बुनेर दलित समुदायमाथि हुने निष्कृष्ट प्रहारको निरन्तरताका रूपमा लिएको छु।’

साथै संघले यसरी समाजमा भ्रम फैलाउनेहरूलाई कानुनको दायरामा ल्याई कारबाही गर्नसमेत माग गरेको छ।

यसैगरी संघले जातीय विभेदविरुद्ध विद्रोह गरेकी रूपा सुनारको ज्यान जोखिममा रहेको भन्दै सुरक्षाको ग्यारेन्टी गर्न पनि प्रशासनलाई आग्रह गरेको छ।

हेर्नुहोस्, क्रियाशील दलित पत्रकार संघले जारी गरेको विज्ञप्ति:

kriyasil dalit

यी पनि :

विप्लवनिकट युवा संगठनले भन्योः रूपा सुनारलाई जातीय भेदभाव गर्ने घरबेटीलाई कारबाही हुनुपर्छ

आफूविरुद्ध अफवाह फैलाउने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी

यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)

रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्री अझै किन कायम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .