समाज


मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खुला गर्ने

मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खुला गर्ने

नेपालखबर
असार १४, २०७८ सोमबार ३:४९,

काठमाडौं उपत्यकामा भोलि (मंगलबार) देखि सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न पाइने भएको छ।

अहिले बैठक जारी रहेको र जोर/बिजोर प्रणालीमा यातायात खुलाउनेबारे औपचारिक निर्णय गर्न मात्र बाँकी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले नेपालखबरलाई जानकारी दिए।

‘भोलिदेखि अरू एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय भर्खर भयो,’ नेपालखबरसँग उनले भने, ‘अब सार्वजनिक सवारीसाधन कसरी सञ्चालन गर्न दिने भन्ने विषयमा निर्णय गर्न बाँकी छ।’

यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ।

निषेधाज्ञाका कारण गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको छैन। निजी सवारीसाधन भने अघिल्लो हप्तादेखि जोर/बिजोर प्रणालीमा चलाउन दिइएको छ।

अहिले उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक जारी छ।

बैठक सकिएपछि थपिएको निषेधाज्ञामा सार्वजनिक सवारीसाधन तथा अन्य कुन कुन क्षेत्र सञ्चालन गर्ने भन्ने विषयमा विस्तृत जानकारीसहितको आदेश जारी गरिनेछ।

निषेधाज्ञा थप्ने क्रममा क्रमशः यसलाई खुकुलो पनि बनाउँदै लगिएको हो। कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा अहिले हटाउन नमिल्ने तर अझ खुकुलो बनाइने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad