महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका- ७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ वर्षका सुमन भनिने अर्जुन तमाङ, भक्तपुर–२ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने वर्ष १९ का वैद्य भनिने विजय ह्याङ्जु, दोलखाको सैलुङ गाउँपालिका- २ घर भई हाल सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती बस्ने वर्ष २९ का दिनेश तामाङ वाईबा र भक्तपुर–८ लिवालीका वर्ष २० का साइन भन्ने रमेश कोजु छन्।
चोरीको स्कुटर खरिद गर्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल सुर्यविनायक–१० पलाँसे बस्ने वर्ष २३ का अविनाश तामाङ र दाङको लमही घर भई हाल पलाँसे नै बस्ने वर्ष २२ का आकाश मगरलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
उनीहरुले मोटरसाइकल तथा स्कुटर चोरी गरेर बिक्री गर्ने र नम्बर परिवर्तन गरेर आफैँले चलाउने गरेको पाइएको गिरीले बताए।
प्रतिक्रिया