समाज


६० हजार घुस खाएको आरोपमा प्रहरी जवानविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

६० हजार घुस खाएको आरोपमा प्रहरी जवानविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

नेपालखबर
असार १३, २०७८ आइतबार ७:७,

सुनसरीस्थित इलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत् प्रहरी जवान कासिन्दर यादवले ६० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले प्रहरी जवान यादवलाई घुस रकमसहित गत चैत २६ गते नियन्त्रणमा लिएको थियो।

‘अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग रु ६० हजार घुस रिसवत माग गरी लिएको पुष्टि हुन आएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएकोले निजउपर उक्त कसुरमा बिगो रु. ६० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज (आइतबार) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad