शनिबार मोरङको विराटनगर ३ स्थित बालसुधार गृहको छतबाट हाम फाली भागेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुधारगृहको छतबाट हाम फाल्ने क्रममा एक जनालाई तत्कालै नियन्त्रणमा लिइएको जिप्रका मोरङका प्रहरीइ नायब उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए।
अन्य ३ जना फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज बिहान ९ः१५ बजे विराटनगर महानगर ४ स्थित पुलचोक नहर छेउबाट पक्राउ गरेको हो।
सो क्रममा उनीहरु सामान्य घाइते भएका थिए। उनीहरुको उपचार भइरहेको छ भने प्रहरीले अनुसन्धान समेत गरिरहेको जनाएको छ।
3
Shares

प्रतिक्रिया