चुम्बन गरेकै कारण उनले पदबाट राजीनामा दिनु परेको बीबीसीले जनाएको छ।
कोरोना प्रकोपबीच सामाजिक दूरीको ‘व्यक्ति–व्यक्तिबीच अपनाइनुपर्ने दुरीको’ नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि ह्यानककमाथि राजीनामा दिन दबाब बढेको थियो।
द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेको थियो।
कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन्।
तस्बिरहरु पोस्ट भएपछि ह्यानकक र जिनाबीच अफेयर भएको चर्चा सुरुवात भएको छ।
बीबीसीका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्दै ह्यानककले आफूले नागरिकको चित्त दुखाएका कारण राजीनामा दिएको बताएका छन्।
स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा काेराेनाकाे नियम तोडेकोमा बारम्बार माफी मागेको बताइएको छ।
यद्यपी उनले जिनासँगकाे अफेयरकाे बारेमा केही बताएका छैनन्।
— Matt Hancock (@MattHancock) June 26, 2021
प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू दुःखी भएको प्रतिक्रिया दिएका छन्।
ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्,‘म स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ। यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ।’

प्रतिक्रिया